ad ad

खेल


क्यानको अध्यक्षमा चतुरबहादुरसँग विनयले प्रतिस्पर्धा गर्ने

क्यानको अध्यक्षमा चतुरबहादुरसँग विनयले प्रतिस्पर्धा गर्ने

फाइल तस्बिर


नेपालखबर
असोज ५, २०८० शुक्रबार १२:१६, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) को नयाँ अध्यक्षमा चतुरबहादुर चन्द र विनय राजभण्डारीबीच प्रतिस्पर्धा हुने देखिएको छ।

शुक्रबार नै निर्वाचन गर्ने तयारी भइरहेका बेला राजभण्डारीले उम्मेदवारी घोषणा गरेका हुन्। यससँगै चतुरबहादुर क्यानमा फेरि निर्विरोध हुने सम्भावना टरेको छ। अब चुनावबाट नयाँ नेतृत्वको टुंगो लाग्नेछ।

क्यानको शुक्रबार र शनिबार हुन लागेको चुनावी  साधारण सभामा वर्तमान अध्यक्ष चन्दसँग राजभण्डारी प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएका हुन्। 

‘वर्तमान अध्यक्ष चन्दविरुद्धका साथीहरुले मलाई उठ्न भनेपछि चुनाव लड्न लागेको हुँ’, उनले भनेका छन्, ‘चन्दले क्यानमा राणा शासकको शैलीमा  काम गरेकाले साथीहरु असन्तुष्ट हुनुहुन्छ। उहाँहरुको आग्रहमा चुनाव लड्न लागेको हुँ।’

क्यानको नयाँ नेतृत्व छान्नका लागि निर्वाचन शुक्रबार अपरान्हसम्म हुन सक्नेछ।

अध्यक्षमा अहिलेसम्म चन्द र भण्डारीले मात्रै चुनाव लड्ने घोषणा गरेकाले द्विपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। 

क्यानको अधिवेशन अन्तर्गत शुक्रबार उद्घाटन र बन्दसत्र गरेर शनिबार मतदान गरिनेछ। ७ सदस्यीय कार्यसमिति छान्न ८६ जनाले भोट हाल्दैछन्।

क्यानको अध्यक्षमा चतुरबहादुर दोहोरिन तयार हुँदा विनयले चुनौती दिएका हुन्। उनी लुम्बिनी प्रदेश क्रिकेट एसोशियसनका उपाध्यक्ष हुन्। विनय बर्दिया क्रिकेट संघका अध्यक्ष पनि हुन्।

विनय २० वर्षदेखि क्यानमा सक्रिय छन्। उनी बर्दियामा जिल्ला सदस्य, सहसचिव र सचिव हुँदै अध्यक्ष भएका हुन्। उनले पनि बर्दियामा दोस्रो कार्यकाल जिल्लाको नेतृत्व गरिरहेका छन्। 

उनी भर्खरै लुम्बिनी प्रदेश क्रिकेट एसोसियसनको उपाध्यक्ष भएका हुन्। बिनयले नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाई केही वर्षअघि ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गर्न आउँदा म्यानेजरका रुपमा काम गरेका थिए। 

क्यानको  नेतृत्वका लागि नेपाली टोलीका पूर्वकप्तान पारस खड्का पनि मैदानमा छन्। उनी क्यानको सचिव पदमा उठ्दैछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .