ad ad

खेल


नेपाल क्रिकेट संघको चुनाव आज, को को छन् प्रतिस्पर्धी?

नेपाल क्रिकेट संघको चुनाव आज, को को छन् प्रतिस्पर्धी?

फाइल तस्बिर : चतुरबहादुर चन्द र विनय राजभण्डारी


नेपालखबर
असोज ६, २०८० शनिबार ७:५२, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) को चुनाव आज (शनिबार) हुँदै छ।

काठमाडाैंमा शुक्रबार सुरु क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशनमा पहिलो दिन बन्द सत्र सकिएपछि आज निर्वाचन हुन लागेको हो। 

आज उम्मेदवारको प्रथम नामावली प्रकाशन बिहान ११:२० मा हुनेछ।  उम्मेदवारको मनोनयन उपर उजुरी र छानबिनका लागि बिहान ११:४० को समय तोकिएको छ भने नाम फिर्ताका लागि बिहान ११ : ५५ बजेसम्मको समय छुट्याइएको छ। त्यसपछि अन्तिम नामावली प्रकाशन गरी मतदान प्रक्रिया सुरु हुनेछ।

क्यानको आगामी चार वर्ष नेतृत्व चयनका लागि सर्वसम्मत गराउने प्रयास पनि जारी छ। 

अहिलेसम्मको माहोल हेर्दा अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुने देखिएको छ। 

चन्दको प्यानलमा पूर्वकप्तान पारस खड्का सचिव पदमा उठ्नेछन्। उपाध्यक्षमा चन्द प्यानलबाट नै रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का उठ्नेछन्। 

पारसविरुद्ध सचिवमा क्यानका केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्लले उम्मेदवारी दिने चर्चा छ। अन्य पदका लागि थुप्रै आंकाक्षी देखिएका छन्। 

मुख्य पदमा अन्य पनि उठ्ने चर्चा चले पनि अहिलेसम्म कोहीले खुला रुपमा घोषणा गरेका छैनन्। यद्यपि समीकरण मिलाउने प्रयासमा भने देखिएका छन्। 

यसैबीच झापाबाट दुई प्रतिनिधि आएका कारण विवाद भएपछि त्यहाँको मताधिकार खोसिएको छ।

झापाबाट लाक्पा लामा र मनोज कटवाल दुवैले आफू प्रतिनिधि भएको दाबी गरेपछि त्यहाँको मताधिकार नै खोसिएको हो। 

योसँगै अब क्यानको चुनावमा ८४ मतदाता भएका छन्। चुनाव जित्न ४३ मत आवश्यक पर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .