चीनको हाङझाउमा जारी १९ औ एसियन गेम्समा सुटर श्लिषा भण्डारीले १० मिटर एयर राइफलको महिलातर्फ राष्ट्रिय कीर्तिमान तोडेकी छिन्।
आइतबार फुयाङ यिन्हु स्पोट्र्स सेन्टरमा भएको छनोट चरणमा कुल ६१६.९ अंक जोड्दै उनले नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा गरेकी छिन्।
यसअघि ओलम्पियन कल्पना परियारको नाममा रहेको कीर्तिमान श्लिषाले आफ्नो नाममा गरिन्।
कल्पनाले टोकियो ओलम्पिक २०२० मा ६१६.८ अंक जोड्दै कीर्तिमान कायम गरेकी थिइन्।
पहिलो तीन चरणमा १०१.१, १००.३ र १०२.५ को कमजोर प्रदर्शन गरेकी थिइन्। तर पछिल्लो तीन चरणमा भने उनले १०५.०, १०४.८ र १०३.२ को स्कोर दर्ता गर्दै कीर्तिमान बनाएकी हुन्।
श्लिषाले आफ्नो पहिलो अन्तराष्ट्रिय प्रतियोगितामै राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्।
63
Shares
प्रतिक्रिया