चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत सोमबार भएको बक्सिङतर्फको खेलमा नेपालका रविन थापाले जित निकालेका छन्।
रविनले पुरुष ५१ केजी मुनिको तौल समूहमा इन्डोनेसियाका कोइबानु डियोलाई अंकको आधारमा पराजित गरे।
आजै भएको जुडोमा नेपालको प्रतिनिधत्व गरेका तीनै खेलाडी पराजित भए।
नेपालका मनीता श्रेष्ठ प्रधान, जंगबहादुर सारु र १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भए।
महिला ५७ केजीमुनिको तौल समूहमा मनीता तुर्कमिनिस्तानकी मायसा पार्दायेभा पराजित भईन्। ७५ केजीमुनि पुनम मंगोलियाकी इड्रेना नयम बात्सुरीसँग पराजित भईन्।
पुरुष ८१ केजीमुनि नेपालका जंगबहादुर सारु फिलिपिन्सका भिरोन जोन फेरेरसँग पराजित भए।
309
Shares
प्रतिक्रिया