ad ad

खेल


कप्तान रोहित भन्छन् : एसियाडमा नेपाली टोलीले पदक जित्ने सम्भावना छ

कप्तान रोहित भन्छन् : एसियाडमा नेपाली टोलीले पदक जित्ने सम्भावना छ

फाइल तस्बिर


नेपालखबर
असोज १०, २०८० बुधबार १३:३९, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले चीनको हाङझाओमा जारी १९ औँ एसियन गेम्समा नेपाली क्रिकेटले पदक जित्ने सम्भवना रहेको बताएका छन्। 

बुधबार मंगोलियामाथि २ सय ७३ रनको कीर्तिमानी जित निकालेपछि पत्रकारसँग कुरा गर्दै कप्तान पौडेलले आफुहरु डगआउटमा बस्दा होस् वा जहाँ कहाँपनि आफुहरु मेडन जित्नुपर्छ है भनेर कुरा गरिरहने बताएका हुन्। 

उनले थपे, ‘कन्डिसन र विकेट हेरेर पदक जित्छौँ जस्तो लाग्छ। तर हामी एक समयमा एक खेललाई लिएर अघि बढ्ने हो।’  

मंगोलियाविरुद्ध कीर्तिमानी जितपछि कप्तान पौडेलले जस्तो टोली भए पनि राम्रो परिणाम दिने लक्ष्यमा रहेको सुनाएका छन्। 

उनले थपे, ‘हामीले टस जित्यौँ भने बलिङ गर्ने सोच थियो। जस्तो टिम भए पनि विकेट हेरौँ भन्ने थियो। तर टी–२० मा ३ सय ४ सय अपेक्षा गर्नुहुन्न। टी–२० मा आक्रामक ब्याटिङ गर्ने रणनिति थियो। टिमले एकदम राम्रो गरर्यो। ३ सय १४ कम हो जस्तो लाग्दैछ।’ 

खेलपछि कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीको खेलको प्रशंसा गर्दै उनले भने, ‘कुशल र दीपेन्द्रले एकदम राम्रो खेलेको भन्दै उनीहरुको प्रशंसा गरे।’  

मंगोलियाविरुद्ध कप्तान रोहितले २७ बलमा २ चौका र ६ छक्का हान्दै ६१ रनको योगदान दिएका थिए। 

चौथो विकेटका लागि युवा ब्याटर कुशल मल्ल र कप्तान रोहित पौडेलले १ सय ९३ रनको कीर्तिमानी साझेदारी गरेका थिए।

कुनै पनि खेलमा तेस्रो विकेटका लागि नेपाली ब्याटरले गरेको यो अहिलेसम्मकै उच्च साझेदारी हो।

मंगोलियाविरुद्ध कुशल र दीपेन्द्रले विश्व कीर्तिमानी प्रदर्शन गरे। ३४ बलमा शतक पूरा गरेका मल्लले विश्व कीर्तिमान आफ्नो नाममा गरे।

यसअघि टी–२० आईमा सर्वाधिक छिटो शतक ३५ बलको थियो। ५० बलको सामना गरेका कुशलले ८ चौका र १२ छक्का हान्दै १ सय ३७ रनमा नटआउट रहे।

आक्रामक अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक पूरा गर्दै दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गरे। दीपेन्द्र ५२ रनमा नटआउट रहे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .