साफ यू १९ च्याम्पियनसिपको सेमिफाइनलको पहिलो हाफमा घरेलु टोली भारतसँग १–० ले पछि परेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा घरेलु टोली १–० ले पछि परेको हो।
खेलको २६ औं मिनेटमा शाहिल खुर्सिदको गोलमा भारतले सुरुवाती अग्रता बनायो। नेपालका गोलरक्षकको गल्तीको फाइदा उठाउँदै शाहिलले बललाई पोष्टको गति दिए।
३२ औं मिनेटमा कुशल देउवाको प्रहार सिधै भारतिय गोलरक्षकको हातमा पुग्यो। पहिलो हाफको इन्ज्इुरी समयमा कुशल देउवाको कर्नर समिर तामाङको हेडर फष्टबारबाट बाहिरिदा नेपालले बराबरी गर्ने मौका गुमायो।
आजको खेलको विजेताले फाइनलमा पाकिस्तानको सामना गर्नेछ।
99
Shares
प्रतिक्रिया