ad ad

खेल


एसियाली खेलकुद : करातेको कातामा नेपाल पहिलो चरणमै ‘आउट’

एसियाली खेलकुद : करातेको कातामा नेपाल पहिलो चरणमै ‘आउट’

फाइल तस्बिर


नेपालखबर
असोज १८, २०८० बिहिबार १०:४२, काठमाडौँ

चीनको हाङजाओमा जारी १९औं एसियन गेम्सअन्तर्गत करातेको कातामा नेपालको स्पर्धा पहिलो चरणमै सकिएको छ। 

कातामा नेपालबाट पुरुषतर्फ सोनिम मानन्धर र महिलातर्फ एलिसा रास्कोटी मगरले नेपालको चुनौती पेस गरेका थिए। सोनिम र एलिसा दुवैले पहिलोपटक एसियाडमा सहभागिता जनाएका हुन्। 

फाइल तस्बिर

पुल २ मा रहेका सोनिमले पाँचौँ स्थान हासिल गर्दा दोस्रो चरणमा पुग्न सकेनन्। चार पुलबाट शीर्ष स्थानमा रहने खेलाडीले दोस्रो चरणमा स्थान बनाउने थिए। सोनिमले चतानायारा कुशान्कु काता प्रस्तुत गरेका थिए। 

महिलातर्फ एसिला पनि पहिलो चरणबाट अघि बढ्न सकिनन्। ८ खेलाडी सम्मिलित पुलमा रहेकी एलिसा छैटौं स्थानमा रहिन्। एलिसाले पापुरेन काता प्रस्तुत गरेकी थिइन्। 

आजै हुने कुमुतेतर्फ नेपालका मोहमद सेखु आलमले नेपालको चुनौती पेश गदैछन्। ७५ केजी तौल समुहमा मोहम्मदले कजाकस्तानका नुराकानात अझिकानोभसँग खेल्नेछन्। 

बाँकी खेलाडीले भोलि शुक्रबार भिड्नेछन्। विप्लभ श्रेष्ठले ८४ केजी तौल समूहको अन्तिम १६ चरणमा ताजिकिस्तानका उमेद साफारोभसँग खेल्नेछन्। निरुपा तामाङले ६१ केजी तौल समूहको अन्तिम १६ चरणमा बंगलादेशकी हुमाइरा अख्तर अन्तराको सामना गर्नेछिन्। 

अन्य खेलाडी शनिबार खेल्नेछन्। शनिबार एरिका गुरुङले ६८ केजी तौलको क्वार्टरफाइनलमा जापानकी युजुकी सावाएसँग खेल्दा सन्तोष श्रेष्ठले ६७ केजीको अन्तिम १६ मा थाईल्याण्डका चाइवाट फियान्दीसँग भिड्नेछन्। 

अन्तिम दिन आइतबार ५० केजी तौल समूहको अन्तिम ३२ मा सविना श्रेष्ठले चीनकै रानरान लीसँग खेल्नेछिन्। 

नेपालबाट कातामा २ र कुमुतेमा ६ गरी कुल ८ खेलाडीले करातेमा सहभागिता जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .